लेख आह्वान (Call for Articles) March 2026
सोताङ पब्लिक क्याम्पस सोताङ–५, सोलुखुम्बु, नेपाल
अनुसन्धान व्यवस्थापन समिति
लेख आह्वान (Call for Articles)
Sotang Journal (SJ) – Volume 8
सोताङ पब्लिक क्याम्पसद्वारा प्रकाशित ‘सोताङ जर्नल (SJ)’ एक समकक्षी मूल्याङ्कन (Peer‑reviewed) प्राज्ञिक जर्नल हो, जुन NepJOL मा सूचीकृत छ। यस जर्नलले शिक्षा, पाठ्यक्रम, मनोविज्ञान, EPM, अङ्ग्रेजी, नेपाली, गणित, सामाजिक विज्ञान, जनसंख्या, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, विज्ञान शिक्षा, व्यवस्थापन लगायतका अन्तरविषयक क्षेत्रमा अनुसन्धानमा आधारित लेखहरू प्रकाशन गर्ने उद्देश्य राखेको छ। मार्च २०२७ मा प्रकाशित हुने जर्नलको आठौँ अंकका लागि अनुसन्धानमूलक लेखहरू आह्वान गरिन्छ।
महत्वपूर्ण मितिहरू
- लेख बुझाउने अन्तिम मिति: १५ अक्टोबर २०२६
- लेख स्वीकृतिको प्रारम्भिक सूचना: २० अक्टोबर २०२६
- कोडिङ प्रक्रिया: ३० अक्टोबर २०२६
- समीक्षक मनोनयन तथा प्रारम्भिक परीक्षण: १५ नोभेम्बर २०२६
- प्रारम्भिक परीक्षण प्रतिवेदन: ३० नोभेम्बर २०२६
- पुनः पेश (screening अनुसार): १५ डिसेम्बर २०२६
- Peer review तथा प्रतिक्रिया: ३० डिसेम्बर २०२६
- सुधार गरिएको लेख पुनः पेश: १५ जनवरी २०२७
- सम्पादन तथा संशोधन प्रक्रिया: ३० जनवरी २०२७
- अन्तिम निर्णय सूचना: १० फेब्रुअरी २०२७
- मुद्रण: २८ फेब्रुअरी २०२७
- जर्नल प्रकाशन: मार्च २०२७
लेख पठाउने ठेगाना:
- Email: journalsotang@gmail.com
संक्षिप्त निर्देशन
- लेख ४०००–५००० शब्दभित्र हुनुपर्नेछ।
- Times New Roman, १२ pt, 1.15 spacing प्रयोग गर्नुपर्नेछ।
- APA 7th Edition सन्दर्भाङ्कन शैली अपनाउनुपर्नेछ।
- शीर्षक, सारांश (१५०–२०० शब्द) र ५–७ मुख्य शब्द अनिवार्य।
- लेख MS Word फाइलमा इमेलमार्फत पठाउनुपर्नेछ।
- साहित्यिक चोरी (Plagiarism) को जिम्मेवारी लेखक स्वयंको हुनेछ।

